विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार कम्पनीले नाफामा उल्लेखनीय सुधार गरेको छ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६.३७ प्रतिशतले वृद्धि भई ८ करोड ७१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीले नाफा बढाउन सफल हुनुको प्रमुख कारण विद्युत बिक्री आम्दानीमा वृद्धि हुनु र वित्तीय खर्च घट्नु रहेको उल्लेख गरेको छ। असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ६ लाख रुपैयाँ थियो। यसरी विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको वित्तीय खर्च ५.९५ प्रतिशतले घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १९ करोड ७ लाख रुपैयाँ रहेको विवरणमा जनाइएको छ। असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८८ पैसा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस