Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मेगा म्युचुअल फण्ड–१ काे इकाई सूचिकृत

नेप्से

मंगलबार, ३० कार्तिक २०७८, १३ : ३७ मा प्रकाशित

नेप्सेमा मेगा म्युचुअल फण्ड–१ काे इकाई सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदाै १० गतेसम्म बिक्री गरेको मेगा म्युचुअल फण्ड–१ को इकाई सूचिकृत भएकाे छ ।

स्टकका अनुसार फण्डको १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डको दोस्रो बजार कारोबारको लागि MMF1​ सिम्बोल प्रदान गरिएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम योजनाको आकारमा २५ प्रतिशत इकाई थप गरी १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

No description available. 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको