Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर बढ्दा पनि रोकिएन सेयर बजारको वृद्धि, के लगानीकर्ताको मनोबल फर्किएकाे हो ?

नेप्से

मंगलबार, ३० कार्तिक २०७८, १५ : ०० मा प्रकाशित

ब्याजदर बढ्दा पनि रोकिएन सेयर बजारको वृद्धि, के लगानीकर्ताको मनोबल फर्किएकाे हो ?

आज (मंगलबार) पनि सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा १३ वटै उपसमूह उकालाे लागेका छन् । काराेबार रकम पनि आइतबारकाे तुलनामा बढेकाे छ । 

आज बैंक तथा वित्तीय संस्थाहरुले भाेलि (मंसिर १ गते) देखि लागू हुने गरी निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकहरूकाे ब्याजदर बढेकाे छ । अधिकांश वाणिज्य बैंकहरुको  मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा १०.०५ प्रतिशतसम्म पुगेको छ। ब्याजदर वृद्धिले पनि सेयर बजारमा भने प्रभाव पारेकाे छैन । बजारमा राैनकता देखिएकाे छ । दिनहुँ बढ्दाे काराेबार रकमले पनि लगानीकर्ताकाे मनाेबल बढेकाे पुष्टि गर्दछ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५७ विन्दुमा पुगेकाे छ । नेप्से २.५५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १४.९२ अंकले बढेर ५२१.४६ विन्दुमा पुगेकाे छ । 

कूल २२७ वटा कम्पनीकाे एक कराेड ९३ हजार २ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८ सय ५७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

मंगलबार पनि महालक्ष्मी विकास बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३७ कराेड २६ लाख ८८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आधा दर्जन कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेपाल टेलिकम, नेपाल बङ्गलादेश बैंक, अपर तामाकाेशी, पञ्चकन्या माइ हाइड्राेपावर, मैलुङ खाेला जलविद्युत र महालक्ष्मी विकास बैंककाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ । 

आज विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य २.३७ प्रतिशतले घटेर एक हजार ६ सय ५० रूपैयाँमा झरेकाे छ । संस्थाले आजै मात्र लाभांश घाेषणा गरेकाे थियाे । संस्थाको हिजाे कार्तिक २९ गते, साेमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

याे पनि :

अहिलेको नेप्सेको विस्तृत प्राविधिक अध्ययन, के कुरा ध्यान दिने ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको