Like us!
Follow us!
Connect us!
Watch us!

बाइडेनले एक ट्रिलियन अमेरिकी डलरको विकास निर्माण कानुनमा हस्ताक्षर गरे

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १६ : ५७ मा प्रकाशित

बाइडेनले एक ट्रिलियन अमेरिकी डलरको विकास निर्माण कानुनमा हस्ताक्षर गरे

अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विद्येयकमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ ।

यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौं व्यक्तिसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिनेछ । जसका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । हस्ताक्षर कार्यक्रम ह्वाइट हाउसको दक्षिण क्षेत्रको चौरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा दुवै पार्टीका सांसदहरू उपस्थित थिए ।

बाइडेन अमेरिकी राष्ट्रपति भएसँगै यहाँ बेरोजगारीको दर बढीरहेको छ । यो हस्ताक्षरसँगै अब रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।

उक्त अवसरमा राष्ट्रपति बाइडेनले भने, ‘अब दुवै पार्टी एकै ठाउँमा उभिएर परिणम दिनेतर्फ लाग्नुपर्छ ।’ उनले यो हस्ताक्षरलाई अमेरिका पुनःनिर्माणको ‘ब्लुप्रिट करार दिएका छन् ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको