Like us!
Follow us!
Connect us!
Watch us!

८२ वर्षीय पूर्व राष्ट्रपति जो बाइडेनलाई क्यान्सर, परिवार उपचारमा जुट्यो

अर्थ संसार

सोमबार, ०५ जेठ २०८२, ०८ : ०२ मा प्रकाशित

८२ वर्षीय पूर्व राष्ट्रपति जो बाइडेनलाई क्यान्सर, परिवार उपचारमा जुट्यो

अमेरिका पूर्व राष्ट्रपति जो बाइडेनलाई आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ, जुन हड्डीमा समेत फैलिएको छ। शुक्रबार (मे १७) स्वास्थ्य परीक्षणपछि यो रोगको निदान भएको हो। बाइडेनले पछिल्ला दिनमा पिसाबसम्बन्धी समस्या देखाएपछि चिकित्सकीय परीक्षण गरिएको थियो।

बाइडेनको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो क्यान्सर अपेक्षाकृत आक्रामक भए पनि हार्मोन-संवेदनशील भएकाले प्रभावकारी उपचार सम्भव छ।” चिकित्सकहरूले परीक्षणको क्रममा उनको प्रोस्टेट ग्रन्थिमा नोड्युल फेला पारेका थिए, जसपछिको बायोप्सीमा क्यान्सर पुष्टि भएको हो।

विज्ञप्तिअनुसार, क्यान्सर Gleason score 9 (Grade Group 5) मा वर्गीकृत गरिएको छ, जुन उच्चतम जोखिम स्तरमा पर्छ र हड्डीमा फैलिएको देखिएको छ। हाल बाइडेन र उनको परिवार विशेषज्ञहरूसँग उपचार विकल्पहरूको समीक्षा गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति पदबाट सन् २०२५ को जनवरीमा सेवानिवृत्त भएका बाइडेनको स्वास्थ्य अवस्थाबारे लामो समयदेखि चासो रहँदै आएको थियो। सन् २०२४ को निर्वाचनका लागि पुनः उम्मेदवारी दिएका उनले जून २०२३ को बहसमा कमजोर प्रदर्शन गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए।

राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति कमला ह्यारिसले बाइडेनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ट्रम्पले Truth Social मा लेखेका छन्, “मेलानिया र म बाइडेनको स्वास्थ्य अवस्थाबारे सुनेर दुःखी छौं। हामी डा. जिल र सम्पूर्ण परिवारलाई शुभकामना दिन्छौं।”

उता, कमला ह्यारिसले X (पूर्व ट्विटर) मा लेख्दै भनिन्, “जो लडाकु हुन् — र उनले यो चुनौतीलाई सधैंझैँ आत्मबल, दृढता र आशावादका साथ सामना गर्नेछन्। हामी पूर्ण र शीघ्र स्वास्थ्यलाभको आशा गर्दछौं।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको