अमेरिका पूर्व राष्ट्रपति जो बाइडेनले आफूलाई ‘आक्रामक’ प्रकारको प्रोस्टेट क्यान्सर भएको पुष्टि भएपछि सामाजिक सञ्जाल X (ट्विटर) मा पहिलोपटक प्रतिक्रिया दिएका छन्।
८२ वर्षीय बाइडेनले पोस्टमा लेखेका छन्,
क्यान्सर हामी सबैलाई छुन्छ। जस्तै तपाईंहरु धेरैलाई छुँदो हो, जिल र मैले पनि सिकेका छौं कि हामी चोट खाएका स्थानहरूमै सबैभन्दा बलिया हुन्छौं।
उनको कार्यालयले आइतबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार, बाइडेनमा Stage 4 प्रोस्टेट क्यान्सर देखिएको हो, जसले हड्डीसम्म फैलिसकेको पुष्टि गरिएको छ। Gleason Score 9 रहेको उक्त क्यान्सरलाई सबैभन्दा आक्रामक कोटीमा राखिन्छ।
बाइडेनले केही समयदेखि मूत्र सम्बन्धी समस्या अनुभव गरिरहेका थिए, जसपछि गरिएको परीक्षणबाट प्रोस्टेटमा समस्या देखिएपछि थप परीक्षण गरिएको थियो। परीक्षणमा देखिएको नोड्युल (nodular growth) पछि बायोप्सी गरिएको र त्यसैबाट क्यान्सर पुष्टि भएको हो।
“यद्यपि यो अत्यन्त आक्रामक क्यान्सर हो, तर यो हर्मोन-संवेदनशील देखिएको छ। त्यसैले समयमै उपचार गरेमा यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न सकिन्छ।”
उनको परिवार हाल चिकित्सकहरूसँग परामर्शमा रहेको र उपचारका सम्भावित विकल्पहरू (जस्तै hormone therapy, radiation वा chemotherapy) को समीक्षा गरिरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस