Like us!
Follow us!
Connect us!
Watch us!
सेयर सुझाव

"सस्तोमा किन्ने र महङ्गोमा बेच्ने अवसर बजारले बारम्बार दिइरहन्छ"

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, ०८ : २४ मा प्रकाशित

जब हामी शेयर बजारमा प्रवेश गर्छौ हामी आफू जनी नजानी वा उत्तेजनामा परेर धेरै गल्ती हरु गर्दछौ। अनुभवको कमी हुँदा नचाहँदा नचाहँदा गरेका धेरै गल्तीहरू अरूले चाहेजस्तै गल्ती हुन पुग्छ।कतिपय बेलामा त तपाईंहरूलेले विचार गर्नुभएको छ होला जब सेयरबजार बढेको हुन्छ जाट ततै सकारात्मक समाचार आउँछ अनि हामी उत्तेजित भएर किन्छौ तेसको अर्को दिन नै घट्छ अथवा जब सेयरबजार घटिरहेको हुन्छ जताततै नकारात्मक समाचार आउँछ तब आत्तिएर शेयर बेच्दछौ तब केही दिनमानै शेयर बढ्न थाल्छ । यो कुरा हामीले अन्जानमा गरेको जस्तो महसुस गर्दछौ तर बजारमा जमेका लगानीकर्ता हाम्रो यो गल्ती वा उत्तेजनाको खोजीमा हुन्छन् । ज्ञात अज्ञात पारामा हुने यस्ता गल्ती हरुबाट कसरी सजक हुने र कमजोरी देखिएका ठाउँलाई कसरी आफ्नो फाइदाको माध्यम बनाउने बारे केशव कोइराला काकाले दिनुभएको सल्लाह पढ्नुहोस् र त्रास लाई मौकामा बदल्नुहोस्।  

गल्ती: 
बजार बढिरहेको बेला अझै बढेको देखेर किन्छौ र बजार घटिरहेको बेला बजार थप घटेको देखेर बेच्छौ । यसको कारण हामी खरीद महंगो र बिक्री सस्तोमा गर्न पुग्छौ जसले हामी नोक्सान गराउँदछ।

बजारको अवस्था :
 हामीले जब बजार बढेको देख्छौ र शेयर खरिद गर्ने मन बनाउँछौ यो विचार नयाँ लगानीकर्ताको मनमा पटक पटक आई रहन्छ तर बजारमा स्थापित लगानीकर्ताले नयाँ लगानीकर्ताको यो अनुभव को कमीबाट हुने कमजोरीको समय प्रतीक्षा गरी रहेका हुन्छन् । अनुभवी लगानीकर्ता हरुले उक्त शेयर पहिला नै किनी सकेर बसेको हुन्छ जसले बजारमा शेयरको मूल्य वृद्धि देखिन्छ जब नयाँ लगानीकर्ताले दिन प्रतिदिन बढेको देख्दा थप किन्छन् र बायिङ प्रेसर बढाउँछ तब त्यो समयसम्म स्थापित लगानीकर्ताले पर्याप्त मुनाफा कमाएका हुन्छन् र बेच्न थाल्छ । सुरुवातमा नै बेच्ने हुँदा सेलिङ प्रेसर कम हुने हुँदा पर्याप्त मुनाफा लिन्छन भने नयाँ लगानीकर्ताले बजार घटेको अनुभव गर्दा सम्म शेयरको मूल्य खरीद मूल्य भन्दा कम हुन्छ जसले नयाँ लगानीकर्ता लाई घटामुखि बनाउँछ र जब नयाँ लगानी कर्ताहरु बेच्न थाल्छन त्यो बेला सेलिङ प्रेसर हुने हुँदा स्थापित लगानीकर्ताहरुले किन्ने मौका पाउँछन् र मुनाफा कमाउने अर्को मौका सुरु हुन्छ र यो प्रक्रिया चलिरहन्छ ।

काका को सुझाव :
हामीले शेयर खरिद गर्दा संयमता अपनाएर केही समय प्रतीक्षा गरेर शेयर को मुल्य घटना दिनुपर्दछ । घटेर विस्तारै कारोबार रकम कम हुँदै गएपछि शेयरको मूल्य कम हुन्छ र हामीले सस्तोमा किन्ने मौका पाउँछौं । 
सस्तोभएको कुनैपनि बेला शेयर बेच्नुहुदैन घटेको बजार ढिलो चाँडो बढ्छ । बुलिश बजार भएको कारणले बुलिश बजारमा बजार केही हप्ता महिनासम्म बजार झर्न सक्छ तर बजार एकपटक फेरि अवश्य माथि जान्छ 

"सस्तोमा किन्ने र महङ्गोमा बेच्ने अवसर बजारले बारम्बार दिइरहन्छ"

कस्तो बेला शेयर किन्ने :
झरेको मूल्यमा, बजार झर्दा जब त्रास हुन्छ अरूहरू शेयर बेच्न भागिरहेका हुन्छन् बियरिस ट्रेन्ड सुरु भयो , अब बर्बाद हुने भइयो भनेर सामाजिक सञ्जालमा होहल्ला सुन्नुहुन्छ , आम मिडियाहरु बजार बारे नकारात्मक हल्ला  फैलाएको बेला बेला शेयर किन्नुहोस त्यो बेला सस्तो मा शेयर उठाउन सकिन्छ ।

कस्तो बेला शेयर बेच्ने :
विस्तारै सेयरबजार बढ्दै गएपछि १०० २०० २५० यो बढाइ पर्याप्त बढाइ हो । अब येस्तो बढाइ पछि सेयरबजारमा गिरावट आउने सत्य कुरा मनन गर्नुपर्छ । जब बजार जब हरियो लगातारका दिनसम्म बढिरहेको छ , जतासुकै सेयरबजार माथि जाने भो बुल आयो अब त बुम बुम हुनेभयो सामाजिक संजाल भरी अब त बजार यति हुने भो सुन्नुहुन्छ र अनलाइन हरुमा शेयरबजार बारे सकारात्मक समाचार न्युज प्रसारण हुन्छ अब लिक्युडिटी बढ्यो जस्ता, बैङ्क को ब्याज नबढ्ने ब्याज घट्छ भन्ने सुन्नुहुन्छ अब मौका तपाईंको हो यो बेला शेयर बेचेर केही नाफा लिएर बस्नुहोस् । र यदि पुनः बजार घट्यो भने फेरि तपाईंलाई मुनाफा कमाउने मौका मिल्न सक्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको