Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, विश्लेषक भन्छन् "अब बजारलाई बढ्नबाट कसैले रोक्न सक्दैन"

नेप्से

बुधबार, ०१ मंसिर २०७८, १४ : ५९ मा प्रकाशित

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, विश्लेषक भन्छन् "अब बजारलाई बढ्नबाट कसैले रोक्न सक्दैन"

आज (बुधबार) पनि सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि बढेकाे छ । बजारमा फेरि हरियाली देखिन थालेपछि लगानीकर्ताहरूकाे मनाेबल पनि बढेकाे छ । 

घट्नुपर्ने जती बजार घटिसकेको र अहिले बजारमा लगानीकर्ताहरुको मनोबल समेत उच्च भइसकेकाले अब सेयर बजारको वृद्धिलाई कसैले रोक्न नसक्ने बताउँछन् स्वतन्त्र पुँजीबजार सुधार संघका अध्यक्ष एवं युवा लगानीकर्ता रोहन कार्की ।

पछिल्लो केहि दिनको सेयर कारोबार रकमलाई हेर्ने हो भने पनि प्रष्ट हुन्छ की लगानीकर्ताहरुको मनोभावना बढिसक्यो अब बजार उकालो नै लाग्छ तर बजार बढ्छ भन्दैमा जथाभावी रुपमा हल्लाको भरमा अरुकै कुर सुनेर लगानी गर्न भने नहुने उनको तर्क छ । बजारमा जति सम्भावना छ त्यति नै जोखिम पनि हुने भन्दै लगानीकर्ताहरुलाई बुझेर अध्ययन गरेर मात्र लगानी गर्न उनले सुझाव दिएका छन् ।    

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेकाे छ । नेप्से ०.६१ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५२५.४४ विन्दुमा पुगेकाे छ । 

कूल २२४ वटा कम्पनीकाे एक कराेड १९ लाख ४३ हजार ८ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

बुधबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५८ कराेड ६८ लाख ६२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अपर तामाकाेशी र पञ्चकन्या माइ हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ८८ रुपैयाँ ४० पैसा पुगेको छ । अपर तामाकोशीको सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ५ रुपैयाँ ४० पैसा पुगेको छ ।  यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ । नेपाल बङ्गलादेश बैंककाे सेयरमूल्य पनि बुधबार ९.९८ प्रतिशतले बढेकाे छ । 

आज बोटलर्स नेपाल तराईकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.४७ प्रतिशतले घटेर १३ हजार एक रूपैयाँमा झरेकाे छ । 

याे पनि :

अहिलेको नेप्सेको विस्तृत प्राविधिक अध्ययन, के कुरा ध्यान दिने ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको