Like us!
Follow us!
Connect us!
Watch us!

उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १२ : ४८ मा प्रकाशित

उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात

डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ । ग्लोबल आईएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको सुरुवात गरिएको हो।

अब जुनुसुकै बैंकको मोबाइल बैंकिङ एप, ई-सेवा, आईएमई-पे, फोन-पे लगायतका डिजिटल माध्यमको प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट जो सुकैले पनि सजिलै उग्रतारा मन्दिरलाई दानदक्षिणा चढाउन सक्ने ग्लोबल आईएमई बैंक डडेल्धुरा शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए। 

उनले बढ्दो प्रविधिको प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीतिलाई सफल पार्न यो प्रयास गरेको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको