Like us!
Follow us!
Connect us!
Watch us!

चार्जमाथि चार्ज ठोक्दै ईसेवा

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, १७ : २९ मा प्रकाशित

चार्जमाथि चार्ज ठोक्दै ईसेवा

केही समय अघिसम्म सबैको लोकप्रीय डिजिटल वालेट ईसेवाप्रति आजकाल भने आम सर्वसाधारणको गुनासो बढ्दो छ । ६५ लाख बढी ग्राहकहरूलाई सेवा सुविधा प्रदान गर्दै आएको ईसेवाका अधिकांश ग्राहकहरू अहिले यसको सेवाबाट रूष्ट छन् । हामीले ईसेवाको रिभ्यु सेक्सनमा गएर हेर्दा पनि यो कुरा पुष्टी हुन्छ । रिभ्यु सेक्सनमा ग्राहकहरूको आलोचना, गालीगलौज र गुनासाबाहेक अरू केही देखिँदैन ।

इसेवा र खल्ती : जनतालाई सेवा दिन पछाडि अवैधानिक कारोबारमा अगाडि

कुनै समय थियो ईसेवाले प्रदान गर्ने सेवा सुविधाको बारेमा ग्राहकहरू तारिफ गरेर थाक्दैन थिए । तर आजकाल भने ईसेवाको तारिफ सुन्नु भनेको बालुवामा पानी खोज्नु जत्तिकै मुस्किल छ । कमेन्ट सेक्सन होस् वा रिभ्यु सेक्सन जताततै ग्राहकहरूको गुनासो मात्रै देखिन्छ । तर ईसेवाले भने ग्राहकहरूको गुनासो सुन्न र सम्बोधन गर्न नचाहेको हो वा सुनेर पनि बुझबचाएको हो थाहा पाउन गाह्रै छ । सानातिना विषयमा पनि ग्राहकहरूको असन्तुष्टी बढ्दै जानुले ईसेवाको गैर जिम्मेवारीपन छर्लङ्ग पार्दछ ।

यसैबीच ईसेवाको आलोचना गर्न फेरि एउटा प्रसङ्ग थपिएको छ । आफूले प्रदान गर्ने सेवा सुविधा दिनप्रतिदिन खस्किरहँदा पनि ईसेवाले अनेकौँ नाममा चार्जमाथि चार्ज ठोक्न भने छाडेको छैन ।

सेवाबाट मोडिँदै ईसेवा, जनता आक्रोशित

हालै केही दिनअघि मात्रै ईसेवाले अतिरिक्त कारोबार गर्दा शुल्क लाग्ने प्रणाली सुरु गरेको छ । जस अनुसार अब ईसेवाबाट दुई भन्दा बढी कारोबार गर्दा शुल्क तिर्नुपर्ने भएको छ । अब उप्रान्त ईसेवाबाट ईसेवामा रकम पठाउँदा दिनमा दुई पटकसम्म र महिनामा ३० पटकसम्म निःशुल्क रकम पठाउन सकिन्छ । त्यसबाहेक हरेक कारोबारमा सेवा शुल्क बापत पाँच रुपैयाँ लाग्नेछ । यसअघि कम्पनीले ईसेवाबाट ईसेवामा निःशुल्क रकम पठाउने सुविधा दिएको थियो ।

सेवा चाहीँ खस्कँदो अवस्थामा रहिरहँदा पनि शुल्क लिने ईसेवाको यस निर्णयको ग्राहकहरूले ब्यापक आलोचना गरिरहेका छन् । पछिल्लो केही दिनदेखिको ईसेवाको फेसबूक पोस्ट हेर्दै गर्दा खाली यही शुल्क लिने निर्णयको विरोध गरिएको कमेन्ट देखिन्छ । यता कति ग्राहकहरूले रिभ्यु सेक्सनमै गएर पनि यस निर्णयको विरोध गरिरहेका छन् ।

केही झलक हेर्नुहाेस् :

6409c8fa0845e.jpg 6409c8fa0c9a2.jpg 6409c8fa34335.jpg 6409c8fa461bb.jpg 6409c8fa5be58.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको