Like us!
Follow us!
Connect us!
Watch us!

भारतको तेश्रो पेपरलेस बजेट

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १६ : ४६ मा प्रकाशित

भारतको तेश्रो पेपरलेस बजेट

छिमेकी राष्ट्र भारतमा यतिबेला अर्थमन्त्री निर्मला सितारमणले वर्ष २०२३/२०२४ काे बजेट प्रस्तुत गरिरहेकी छन् । उनले भारतमा तेश्रो पटक सांसद समक्ष पपरलेस बजेट प्रस्तुत गरेकी हुन् ।

बजेट पढ्दै अर्थमन्त्री

सन् २०२१ मा पहिलो पटक कोभिड प्रकोपका बीच डिजिटल रूपमा वर्ष २०२१/२२ को बजेट फेब्रुअरी-१,२०२१ मा प्रस्तुत गरेकी थिइन्। २०२१ मा पहिलो पटक बजेट प्रस्तूत गर्दा बजेट पापरलेस अर्थात् अर्थमन्त्रीले ट्याब्लेट हेरेर प्रस्तूत गरेकी थिइन, त्यसबेला बजेटलाई सांसद तथा सर्वसाधारणलाई अनलाईन मार्फत उपलब्ध गराइएको थियो। 

बजेटलाई ‘बजेट ब्रिफकेस’ मा राखेर प्रस्तूत गर्ने प्रचलन थियो, २०२१ मा पहिलो पटक डिजीटल रूपमा ट्याब्लेट मार्फत प्रस्तुत गरिएको थियो। भारतको बढ्दो डिजिटल उपस्थितिलाई थप प्रबर्धन गर्न बजेट पेपरलेस रूपमा पहिलो पटक प्रश्तुत गरिएको बताइएको थियो। 

२०२१ मा ट्याबलेट बाट  बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री निर्मला सीतारमण

सन २०२२ मा वर्ष २०२२-२०२३ को दोश्रो पटक पेपरलेस बजेट रूपमा प्रस्तुत गर्दा युनियन बजेट मोवाइल एप भारतले सार्बजनिक गरेको थियो जसमा पुराना बजेटको दस्तावेज पनि उपलब्ध गराएको थियो। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको