Like us!
Follow us!
Connect us!
Watch us!

११२.६१ अंकको वृद्धिपछि सेयर बजारमा करेक्सन, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

नेप्से

विहीबार, ०२ मंसिर २०७८, १५ : १५ मा प्रकाशित

११२.६१ अंकको वृद्धिपछि सेयर बजारमा करेक्सन, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएको छ । यसअघि यस साता काराेबार भएकाे ४ दिनमा आइतबार झिनाे अंकले घटेर साेमबारदेखि लगातार ३ दिन बजार बढेकाे थियाे । ३ दिनकाे अवधिमा नेप्से परिसूचक ११२.६१ अंकले बढेकाे थियाे । आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो ।

नाफा बुक गर्दा करेक्सन आएको लगानीकर्ता कुमार घिमिरेले बताएका छन् । उनी भन्छन्, "माैद्रिक नीतिकाे समिक्षा तयारी भइरहेकाे छ । सूचीकृत कम्पनीहरूले पनि धमाधम लाभांश घाेषणा गरिरहेका छन् । बैंकहरूकाे व्याजदरले पनि एकरूपता पायाे । यी सबै कुराहरू हेर्दा सेयर बजारले अझ राम्राे लय लिन्छ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेकाे छ । नेप्से १.१६ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.२५ अंकले घटेर ५२१.१८ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे ९८ लाख ६२ हजार ९ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

बिहीबार पनि नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६० कराेड ४४ लाख ५५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बिहीबार  मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ४ सय ९५ रूपैयाँ ३० पैसा पुगेकाे छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ । 

आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.०३ प्रतिशतले घटेर प्रतिकित्ता ५ सय ४८ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको