Like us!
Follow us!
Connect us!
Watch us!

५२.३२ प्रतिशतले बढ्यो राष्ट्रिय बिमा संस्थानको नाफा, बिमा शुल्क कति ?

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १५ : ३७ मा प्रकाशित

५२.३२ प्रतिशतले बढ्यो राष्ट्रिय बिमा संस्थानको नाफा, बिमा शुल्क कति ?

राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा संथानले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ५२ दशमलव ३२ प्रतिशतले बढी हो । गत वर्ष संस्थानले एक करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिसम्ममा संस्थानको खुद बिमा शुल्क आम्दानी पनि सात दशमलव ६३ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थानले चार अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क कमाई गरेको थियो । 
 
समीक्षा अवधिसम्ममा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ छ । संस्थानले यस अवधिसम्ममा ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । 

त्यसैगरी, कम्पनीले जीवन बिमा कोषमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढेर ३७ अर्ब १४ करोड पुगेको छ । यस संस्थानले हालसम्म सर्वसाधारणमा सेयर जारी नगरेकाले नेप्सेमा सूचीकृत भएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको