Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, माैद्रिक नीतिकाे समिक्षा पर्खँदै लगानीकर्ता

नेप्से

आइतबार, ०५ मंसिर २०७८, १५ : ०० मा प्रकाशित

दाेहाेराे अंकले घट्याे सेयर बजार, माैद्रिक नीतिकाे समिक्षा पर्खँदै लगानीकर्ता

साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेकाे थियाे ।

अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको रणनितीमा देखिन्छन् । नेपाल राष्ट्र बैंक यसै सातासम्ममा गर्ने भनिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यदि सेयर कर्जामा लागेको सिमामा केहि संसोधन भयो भने बजार बढ्छ भन्ने विश्वासमा अहिले लगानीकर्ताहरु छन् त्यसैले पनि अहिलेको अवस्थामा लगानीकर्ताहरुको रणनिति नै पर्ख र हेर बनेको बताउँछन् लगानीकर्ता खेम लामिछाने ।  

"अब अहिले कतिपय मिडियाहरुले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत सेयर कर्जामा लगाइएको सिमा केही संशाेधन हुन्छ भन्छन् कतिपयले फेरी हुँदैन भन्छन् कसको विश्वास मान्ने बरु त्यो भन्दा केही समय पर्खेर मौद्रिक नीतिको समिक्षा पछि नै लगानीको रणनिती बनाउने योजना म लगायत धेरै लगानीकर्ताहरुको छ" लामिछानेले भने ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेकाे छ । नेप्से ०.४२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा झरेको छ । 

कूल २२५ वटा कम्पनीकाे ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावर र उत्पादनबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

आइतबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ५० कराेड ९९ लाख ९२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आइतबार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नारायणी डेभलपमेन्ट बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ५२ रूपैयाँ ६० पैसा पुगेकाे छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ४४ रूपैयाँ ८० पैसा पुगेकाे छ । 

आज तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.२१ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय १६ रूपैयाँमा झरेकाे छ ।

याे पनि :

बजारले छ्लाङ्ग मार्ने अवस्था आयो, के के छन् आधार ? अबको सेयर बजार यात्रा कता ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको