Like us!
Follow us!
Connect us!
Watch us!

आज प्रदेश १ मा वर्षाकाे आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, ०७ : ०० मा प्रकाशित

आज प्रदेश १ मा वर्षाकाे आँकलन, उच्च पहाडी हिमाली क्षेत्रमा हिमपात हुने

नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

मंगलबार प्रदेश १ , बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको को सम्भावना छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको