Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य सुधार, काराेबारमा महालक्ष्मी विकास बैंककाे अग्रता कायमै

नेप्से

सोमबार, ०६ मंसिर २०७८, १५ : ०३ मा प्रकाशित

सेयर बजारमा सामान्य सुधार, काराेबारमा महालक्ष्मी विकास बैंककाे अग्रता कायमै

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । नेप्से परिसूचक ७.९० अंकले बढ्दा काराेबार रकम भने घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.९० अंकले बढेर २७६५.४३ विन्दुमा पुगेकाे छ । नेप्से ०.२९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा पुगेको छ । 

कूल २२५ वटा कम्पनीकाे ७५ लाख ६५ हजार ५ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेको छ ।

साेमबार पनि महालक्ष्मी विकास बैंक लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३४ कराेड ४१ लाख २५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

साेमबार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ८ सय ९ रूपैयाँ २० पैसा पुगेकाे छ । 

आज एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरमूल्य ४.१४ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय १४ रूपैयाँ १० पैसामा झरेकाे छ ।

याे पनि :

बजारले छ्लाङ्ग मार्ने अवस्था आयो, के के छन् आधार ? अबको सेयर बजार यात्रा कता ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको