Like us!
Follow us!
Connect us!
Watch us!

२७५० लाई सपोर्ट बनाएर बढ्दै बजार, चन्द्रागिरी हिल्सलाई बाबा रामदेवको आशिर्वाद !

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, १६ : ३२ मा प्रकाशित

२७५० लाई सपोर्ट बनाएर बढ्दै बजार, चन्द्रागिरी हिल्सलाई बाबा रामदेवको आशिर्वाद !

साताको दोश्रो दिन सोमबारको बजार ७.९  अंकले बढेर २७६५.४४  को विन्दुमा  बन्द भयो ।  बिहीबार र आइतबार घटेको बजार आज हरियो हुँदै बन्द हुनुलाई सुखद मान्न सकिन्छ । दिनभरीको कारोबारमा २७७८ अंकसम्ममा पुगेको बजारमा आज इनभरटेड हयामर क्यानडल बनेको छ ।

घटिरहेको बजारमा इनभरटेड हयामर क्यानडल बनिसकेपछिको अर्को दिनको क्यानडल बुलिश प्रवित्तिको बनेको खंडमा बजार बढेर जान सक्ने विश्लेषण गर्ने गरिन्छ । यदि भोलिको बजार हरियो हुँदै बन्द हुने अवस्था बन्यो भने आगामी दिनमा हामीले बजार ठुलो अंकले बढेको देख्न पाउने सम्भावना बढेर जानेछ।  

आज बजारमा करीब ३  अर्ब ९२  करोडको कारोबार भयो । अघिल्लो हप्ताको बुधबार करीब ७  अर्ब  ५०  करोडको कारोबार भएको बजारमा त्यसपछि कारोबार रकम क्रमश: घटदै गैरहेको छ । यसले बजारमा लगानिकर्ताहरु पर्ख र हेर कै अवस्थामा रहेको देखाउँछ । विशेषगरी केही समयमै राष्ट्र बैंकले गर्न लागेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सेयर बजारमैत्री हुन्छ कि हुँदैन भन्ने कुरामा लगानीकर्ताहरुको चासो छ।  

प्राविधिक रुपमा कस्तो देखियो बजार ? 

हिजो हामीले बजारले २७५० को बिन्दुलाई बलियो सपोर्ट बनाएको र आगामी दिनमा २७५० भन्दा माथि माथि नै रहन सक्यो भने बजारको यात्रा मथितिरकै हुन सक्ने बताएका थियौ।  त्यसैगरि २७८१  को बिन्दुमा रेसिस्टेन्स रहेको र नेप्सेले २७८१ को बिन्दुलाई क्रस गरिसकेपछि मात्र २८०० हुँदै त्यो भन्दा माथिको यात्रा हुनसक्ने कुरा बताएका थियौं।  आजको बजार बढेर बन्द हुनुले भोलिको कारोबारमा २७८१ को रेसिस्टेन्स ब्रेक हुन सक्ने सम्भावना बलियो बनेर गएको छ। 

चन्द्रागिरि हिल्सलाई बाबा रामदेवको आशिर्वाद !

मानुषी लघुवित्त पछि आज नेप्सेमा चन्द्रागिरि हिल्स सर्वाधिक कमाउने कम्पनीको सुचीमा पर्न सफल भएको छ। ९.७५ प्रतिशतले बढेर CGH रु १७०० मा बन्द हुन सफल रह्यो । अस्ति शनिबार योगगुरु बाबा रामदेव चन्द्रागिरी पुगेर योग सिकाइसकेपछि बाबाजीको आशिर्वादले चन्द्रागिरीको मूल्य बढेको भन्दै लगानीकर्ताहरु ठट्टा गरेको सामाजिक सञ्जालहरुमा देख्न सकिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको