Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतलाई सेबोनले दियो १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति

अर्थ संसार

विहीबार, २० असार २०८१, १२ : १६ मा प्रकाशित

आँखुखोला जलविद्युतलाई सेबोनले दियो १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति

पुंजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी अनुमति दिएको हो। बोर्डले असार १९ गते १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । 

कम्पनीले हकप्रदको रकम गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा लगानी गर्न लागेको हो। 

कम्पनी विद्युत नियमनमा २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो। जसमा नियमन आयोगबाट १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको