Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद : साउन २७ गतेदेखि

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ०७ : २५ मा प्रकाशित

आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद : साउन २७ गतेदेखि

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति सार्वजनिक गरेको छ। यस जलविद्युत कम्पनीले साउन २७ गतेदेखि कम्पनीले हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

बुक क्लोज सम्म कायम रहेका सेयरधनीले यस कम्पनीमा १ कित्ता सेयर बराबर १.५ कित्तालाई आवेदन दिन पाउनेछन्।कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  

हकप्रद बारे थप जानकारी 

क-कसले भर्न पाउँछन् ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कम्पनीले साउन १ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असार ३१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् । 

कहिलेसम्म भर्न पाइन्छ ?

साउन २७ गतेदेखि निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

कहाँबाट दिने आवेदन ?

कम्पनीकाे हकप्रदमा धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।  साथै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय तथा प्राइम कमर्सियल बैंक धादिङ,प्रभु बैंक शाखा कार्यालउ धादिङ,माछापुच्छ्रे बैंक सल्यानटार धादिङ र कुमारी बैंक धादिङवेशीमा रहेको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस प्रदान गरेको छ। जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

हकप्रदको रकमको प्रयोग 

कम्पनीले हकप्रद सेयर निष्काशन मार्फत उठाएको पूँजी मध्य ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रबर्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत सेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्नेछ भने बाँकी रहेको ४० करोड रुपैयाँ कम्पनीद्वारा निर्मित आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालिन ऋणको आंशिक भुक्तानी गर्न प्रयोग गर्ने भनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको