Like us!
Follow us!
Connect us!
Watch us!

आँखुखोला जलविद्युतको १:१.५ हकप्रद सेयरमा आवेदन दिन योग्य बन्न कहिले सम्म सेयरधनी बन्ने ?

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, ०८ : ३४ मा प्रकाशित

आँखुखोला जलविद्युतको १:१.५ हकप्रद सेयरमा आवेदन दिन योग्य बन्न कहिले सम्म सेयरधनी बन्ने ?

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । 

कम्पनीले हकप्रद निष्कासन गर्न आगामी साउन १ गते बुक क्लोज मिति तोकेको हो । अर्थात असार ३१ सम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले यस कम्पनीले जारी गरको हकप्रदमा आवेदन दिन पाउनेछन्। 

धितोपत्र बोर्डले कम्पनीलाई असार १९ गते १ः१.५ को अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति दिएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्नेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरिरहेको छ।

कम्पनीले हकप्रदको रकम गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा लगानी गर्न लागेको हो। 

कम्पनी विद्युत नियमनमा २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको थियो। जसमा नियमन आयोगबाट १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको