Like us!
Follow us!
Connect us!
Watch us!

दाेश्राे बजारमा कार्तिक महिनामा थपियो १४ कम्पनीको सेयर, कुनको कति कित्ता ?

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १३ : २९ मा प्रकाशित

दाेश्राे बजारमा कार्तिक महिनामा थपियो १४ कम्पनीको सेयर, कुनको कति कित्ता ?

नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्तिक महिनामा १४ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । कार्तिक महीनामा धितोपत्र बजारमा २ वटा नयाँ कम्पनी थपिएका छन् । तेह्रथुम पावर कम्पनी लिमिटेड र साहास उर्जा कम्पनी लिमिटेड धितोपत्र बजारमा कार्तिक महिनामा थपिएका नयाँ कम्पनी हुन् । यी २ वटा नयाँ कम्पनीसहित कार्तिक महिनामा १४ वटा कम्पनीकाे सेयर थपिएको छ ।

हेर्नुस् कुनकाे कति ?

१. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १:०.९५ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

२. तेह्रथुम पावर कम्पनी लिमिटेड

तेह्रथुम पावर कम्पनी लिमिटेडकाे ४० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले भदौ ९ गते, बुधबारबाट भदौ १३ गते, आइतबारसम्म जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । जस अनुसार ७४ हजार ४ सय जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकी २२ लाख ८१ हजार ४७ जनाको भने हात खाली भएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ५५ हजार ७ सय ४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार ८ सय २० जनाको आवेदन रद्द भएको छ । बाँकी २३ लाख ४६ हजार ६ सय २७ जनाको आवेदन मात्र योग्य थियाे ।

३. साहस उर्जा कम्पनी लिमिटेड

साहस उर्जा कम्पनी लिमिटेडकाे ३ कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र याेग्य थियाे । जस अनुसार ६ लाख ४४ हजार जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पारेका थिए । बाँकीको भने हात खाली भएकाे थियाे । 

४. ज्योति विकास बैंक लिमिटेड

“९ प्रतिशत ज्याेति विकास बण्ड, २०८७” को १५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारबाट असार ३० गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९ प्रतिशत ज्याेति विकास बण्ड, २०८७” नाममा १ अर्ब ५० करोड रूपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियाे । साेही ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो ।

५. महुली लघुवित्त वित्तीय संस्था लिमिटेड

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ७३ हजार २ सय ४० कित्ता सेयर सूचिकृत भएकाे हाे । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे । 

६. उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १७.८१ प्रतिशत बाेनस बापतकाे २ लाख ६६ हजार ३ सय ३० दशमलव ५६ कित्ता सेयर सूचिकृत भएकाे हाे । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को लागि १७.८१०३८७२१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

७. जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ४९.४० प्रतिशत बाेनस बापतकाे ३ लाख ९१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएकाे हाे । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ४९.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

८. नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड

नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५.५० प्रतिशत बाेनस बापतकाे २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता सेयर सूचिकृत भएको हाे । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे ।

९. सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ७ लाख ३३ हजार २ सय ५० कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । यसका साथै, कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।

१०. हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)

हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) काे ७ कराेड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे । कम्पनीले साउन ५ गतेबाट भदाै ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियाे । उक्त हकप्रद सबै बिकेकाे थिएन । कम्पनीले फेरि लिलाम बढाबढ गरेर बिक्री खुल्ला गरेकाे थियाे ।

११. इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १:०.९८ काे अनुपातमा प्राप्ति गर्दा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

१२. अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडकाे १०.५० प्रतिशत बाेनस बापतकाे २६ लाख २१ हजार ५ सय ९४ कित्ता सेयर सूचिकृत भएकाे हाे । अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

१३. एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेड

एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे १० लाख ९६ हजार ३ सय ७५ दशमलव ५० कित्ता सेयर सूचिकृत भएकाे हाे । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश् (कर प्रयोजनका) लागि वितरणको प्रस्ताव गरेको थियाे ।

१४. मेगा म्युचुअल फण्ड–१

मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि भदाै १० गतेसम्म बिक्री गरेको मेगा म्युचुअल फण्ड–१ को १२ करोड ५० लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको थियो । इकाई खरीदका लागि मागभन्दा बढी आवेदन पर्न आएकाले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम योजनाको आकारमा २५ प्रतिशत इकाई थप गरी १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको