Like us!
Follow us!
Connect us!
Watch us!

३२.२९ अंकले घट्याे नेप्से, माैद्रिक नीतिकाे समिक्षाकाे मुखैमा किन डराए लगानीकर्ता ?

नेप्से

मंगलबार, ०७ मंसिर २०७८, १५ : ०० मा प्रकाशित

३२.२९ अंकले घट्याे नेप्से, माैद्रिक नीतिकाे समिक्षाकाे मुखैमा किन डराए लगानीकर्ता ?

आज (मंगलबार) फेरि सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार हुने १३ उपसमूहमध्ये अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर ओरालाे लागेकाे छ ।

अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले यसै साता माैद्रिक नीतिकाे पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेकाे छ । माैद्रिक नीतिकाे समिक्षामा के हाेला भन्ने लगानीकर्ताहरूमा त्रास बढेकाे छ । केही सञ्चार माध्यमहरूले सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा परिमार्जन हुन्छ भन्दै समाचार प्रकाशन गरिरहेका छन् केही सञ्चार माध्यमहरूकाे याे नीति परिमार्जन हुन सम्भव छैन भन्दै समाचार प्रकाशन गरेका छन् । यस्ताे अवस्थामा लगानीकर्ताहरूलाई झनै त्रास बढेकाे हाे ।

नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा छ यस्तो अवस्थामा राष्ट्र बैंकले कस्तो नीति लिने हो भन्ने कुराले आम लगानीकर्ताहरु त्रसित बनेको बताउछँन् युवा लगानीकर्ता युवराज भट्टराई । 

"अझ कतिपय मिडियाहरुले सेयर कर्जामा लगाएको सिमा पनि परिमार्जन हुदैँन भन्ने समाचारहरु प्रकाशन गरेसँगै अहिले लगानीकर्ताहरु त्रसित अवस्थामा नै देखिन्छन् जसको फलस्वरुप आज बजारमा गिरावट आयो राष्ट्र बैंकले सेयर कर्जा सिमामा केही परिमार्जन नगरे केही दिन अझै पनि बजारमा करेक्सन आउला तर अहिले पनि बजार बुलिस् यात्रामा नै छ अब देशमा र्निवाचनको समेत तयारी हुँदैछ त्यसैले केही महिना भित्रमा बजारले नयाँ मुकाम पक्कै हाँसिल गर्नेछ" भट्टराईले भने । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ विन्दुमा झरेकाे छ । नेप्से १.१७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले घटेर ५१५.४८ विन्दुमा झरेको छ । 

कूल २२७ वटा कम्पनीकाे ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

आज नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४१ कराेड ५७ लाख २४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंंगलबार पनि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ९ सय ९० रूपैयाँ १० पैसा पुगेकाे छ । 

आज आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । फाइनान्सकाे सेयरमूल्य ५.८४ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय १९ रूपैयाँ २० पैसामा झरेकाे छ ।

याे पनि :

बजारले छ्लाङ्ग मार्ने अवस्था आयो, के के छन् आधार ? अबको सेयर बजार यात्रा कता ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको