अर्थ संसार
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) शुक्रबार सिन्धुपाल्चोकमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण गरेका छन् । दाहाल मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको निरीक्षण गरेका हुन् ।
शुक्रबार बिहान निरीक्षणका लागि त्यहाँ पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आयोजनाको विस्तृत जानकारी गराएका थिए ।
सो अवसरमा कामु मुख्यसचिव टङ्कमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो ।
७ असोज, ०७३
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस