Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक बढ्दा सेन्सेटिभ घट्याे

नेप्से

बुधबार, ०८ मंसिर २०७८, १५ : ०३ मा प्रकाशित

सेयर बजारमा उतारचढाव : नेप्से परिसूचक बढ्दा सेन्सेटिभ घट्याे

आज (बुधबार) नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ । नेप्से परिसूचक बढ्दा पनि सेन्सेटिभ परिसूचक भने झिनाे अंकले घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा झरेको छ । 

कूल २२७ वटा कम्पनीकाे ७४ लाख ४५ हजार २ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेको छ ।

आज पनि नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड १५ लाख ५६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ६५ रूपैयाँ पुगेकाे छ । 

आज गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । फाइनान्सकाे सेयरमूल्य २.५५ प्रतिशतले घटेर प्रतिकित्ता ८ सय ४२ रूपैयाँ झरेकाे छ ।

याे पनि :

बजारले छ्लाङ्ग मार्ने अवस्था आयो, के के छन् आधार ? अबको सेयर बजार यात्रा कता ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको