Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ड्रागन फ्लाई डोजी, २७८० को विन्दु बन्नेछ निर्णायक !

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १६ : २६ मा प्रकाशित

नेप्सेमा ड्रागन फ्लाई डोजी, २७८० को विन्दु बन्नेछ निर्णायक !

नेप्सेको चार्टमा आज ड्रागनफ्लाई डोजि बनेको छ । घटिरहेको बजारमा ड्रागनफ्लाई डोजि बन्नुले सकारात्मक संकेत गर्दछ ।  भोलिको बजार सकारात्मक रहन सफल भइ २७५० माथि बस्न सफल भएको अवस्थामा डाउन ट्रेन्ड रिभर्शल भएको मान्न सकिनेछ ।  बजारले २७८० को बिन्दुलाई क्रस गरेर माथि नजादासम्म बजारमा अर्को ठुलो मुभ आउन सक्ने सम्भावना रहदैन। 

१. बजार २४८० को बिन्दुबाट बढेर २८७८ को बिन्दुसम्म पुगेर झर्दै गर्दा २७२५ को बिन्दु भनेको फ़िबोनासिको ०.३८२ लेभल हो।  बजार २७२५ भन्दा माथि माथि नै रहदा सम्म बजार अझै माथि बढेर जान सक्ने सम्भावना देखिन्छ।  आज बजार ०.५० फ़िबोनासि लेभल भन्दा माथि बाटै फर्किएकाले बजार आगामी दिनमा केहि सकारात्मक हुन सक्ने सम्भावना देखिन्छ।  

२. बजारमा कारोबार निकै कम भइरहेको छ।  आज पनि जम्मा ४ अर्ब २१ करोड जतिको मात्र कारोबार भयो । बजार माथितिर ड्राईभ हुन एभरेज भन्दा धेरै भोलुम सहितको हरियो क्यान्डल बन्नु आवश्यक हुन्छ ।  

३. लगानीकर्ताले आउने दिनमा विशेष गरि ध्यान दिनुपर्ने विन्दुहरू भनेका २७८० र २६९० हुन् ।  बजार २७८० भन्दा माथि जाँदै गर्दा बजारको यात्रा बुलिश रहनेछ भने २६९० बाट तल खस्दै गर्दा बजार अझ खसेर तलतिर जाने सम्भावना रहन्छ ।  

नोटः माथि गरिएको विश्लेषणको आधारमा खरिद-बिक्रिको निर्णय नलिनुहोला ।  शेयर बजार जोखिमको क्षेत्र हो । लगानीकर्ताले  शेयर खरिद-बिक्रि गर्दा स्व-अध्ययन र स्वविवेक प्रयोग गर्नुहोला ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको