Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेप्से

विहीबार, ०९ मंसिर २०७८, ०६ : ३२ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्य समायोजन भएको छ ।

बैंककाे ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे वार्षिक साधारण सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड बत्तिसपुतली, काठमाडाैँमा अनलाईनकाे माध्यमबाट बिहान ९ बजेदेखि सुरू हुनेछ ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । बैंकको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

619eddca5a8d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको