Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

विहीबार, ०९ मंसिर २०७८, ०६ : ४४ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

संस्थाको २० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार २ सय रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा मंसिर २४ गते, शुक्रबार होटल वाटर टावर, विदुर, नुवाकोटमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

619ee03cded52.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको