Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सकाे संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, १२ : ४६ मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सकाे संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । कम्पनीले कम्पनीकाे संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडकाे नाममा रहेकाे ५७ हजार एक सय ९२ कित्ता सेयरहरू बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयरधनीहरूले यस सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र कम्पनीकाे प्रधान कार्यालय, लाजिम्पाट, काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त समय अवधिभित्र सेयर खरीद गर्न निवेदन नआएमा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाहरूलाई सेयर बिक्री गरिने पनि कम्पनीले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको