Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक घट्दा सेन्सेटिभ बढ्याे : लगानीकर्ता पर्ख र हेरको अवस्थामा

नेप्से

विहीबार, ०९ मंसिर २०७८, १५ : ०१ मा प्रकाशित

नेप्से परिसूचक घट्दा सेन्सेटिभ बढ्याे : लगानीकर्ता पर्ख र हेरको अवस्थामा

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ । नेप्से परिसूचक घट्दा पनि सेन्सेटिभ परिसूचक भने झिनाे अंकले बढेकाे छ ।

अहिलेकाे अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् । अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा देखिएका छन् । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेकाे छ । माैद्रिक नीतिकाे समिक्षामा के हाेला भन्ने लगानीकर्ताहरूमा त्रास बढेकाे छ । केही सञ्चार माध्यमहरूले सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा परिमार्जन हुन्छ भन्दै समाचार प्रकाशन गरिरहेका छन् केही सञ्चार माध्यमहरूकाे याे नीति परिमार्जन हुन सम्भव छैन भन्दै समाचार प्रकाशन गरेका छन् । यस्ताे अवस्थामा लगानीकर्ताहरूलाई केही कदम चाल्नु भन्दा पर्खनु नै उपयुक्त लागेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा पुगेकाे छ । नेप्से ०.१२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक भने ०.४५ अंकले बढेर ५१५.६४ विन्दुमा पुगेको छ । 

कूल २३३ वटा कम्पनीकाे ७४ लाख ८६ हजार ५ सय ७५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार ३ सय ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।

आज पनि नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ५७ लाख १३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बिहीबार समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.२७ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ६८ रूपैयाँ २० पैसा पुगेकाे छ । 

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ६.९३ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ८ सय ६० रूपैयाँ ५० पैसामा झरेकाे छ ।

619f5764b32a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको