Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, ०६ : २४ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेड, स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय १० रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ३ सय ४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको २१औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, कुमारी बैंक लिमिटेड, नक्साल, काठमाडौँमा बिहान ११:३० बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । 

बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको आज मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको हो त्यसैले, हिजो (मंसिर ९ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको सत्ताइसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा हुनेछ । सभामा बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ८६ रूपैयाँ ४५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ५ सय ३५ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर १० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो (मंसिर ९ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार बैंकको केन्द्रिय कार्यलय, बानेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि अनलाईन माध्यामबाट सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 


त्यस्तै, नेप्सेमा आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ५६ रूपैयाँ ५२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ८ सय ७० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज मंसिर १० गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, हिजो (मंसिर ९ गते, बिहीबार) सम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् । 

कम्पनीको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको