Like us!
Follow us!
Connect us!
Watch us!

बाल्ट्रा हरेक हप्ताका सुनको सिठ्ठी योजनाका विजेताहरु सार्वजनिक

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १६ : १९ मा प्रकाशित

बाल्ट्रा हरेक हप्ताका सुनको सिठ्ठी योजनाका विजेताहरु सार्वजनिक

चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजना अन्तर्गत पहिलो, दोस्रो र तेस्रो हप्ताका भाग्यशाली विजेताहरु सार्वजनिक गरिएको छ ।

बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी सम्पूर्ण मध्य गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताका विजेता बन्न सफल भएकी छिन् । त्यसैगरी, सुर्खेतकी ईश्वरी वि.क  दोस्रो हप्ता र जीतपुरका राजकुमार सोनी तेस्रो हप्ताका विजेता बन्न सफल भएका छन् । यस  योजनाका सबै विजेताहरुले २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्नेछन् ।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन  रिटेलर) बाट BALTRA का जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन  सक्नेछन् । सहभागी हुनको लागि <BALTRA><VAT/PAN BILL NO.><NAME> टाईप  गरी 34001 मा SMS गर्नुपर्ने हुन्छ ।

उपहार दावी गर्नका लागि विजेताले सामान खरिद गरेको  भ्याट/प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्नेछ ।  यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको