Like us!
Follow us!
Connect us!
Watch us!

बाल्ट्राले ल्यायाे बम्पर बबाल उपहार योजना : सामान किन्दा एक ताेला सुन

अर्थ संसार

सोमबार, १० असोज २०७९, १५ : ४६ मा प्रकाशित

बाल्ट्राले ल्यायाे बम्पर बबाल उपहार योजना : सामान किन्दा एक ताेला सुन

चाडपर्वको यो मौसममा ग्राहक वर्गलाई लक्षित गर्दै बाल्ट्राले 'बाल्ट्रा बम्पर बबाल' उपहार योजना ल्याएको छ । 

जस अनुसार बाल्ट्राको कुनै पनि Products किन्दा, लक्की ड्र मार्फत, हरेक हप्ता, पाँच जनाले जित्न INDUCTION COOKING SET जित्न सक्नेछन् ।जसमा INDUCTION COOKTOP, PRESSURE COOKER र कढाई पाइनेछ । साथ साथै बम्परमा पाँच जनाले १-१ तोला सुन जित्न सक्नेछन् ।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट BALTRA को जुनसुकै Products खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सहभागी हुनको लागि <VAT/PAN BILL NO.>टाईप गरी 31007 मा SMS गर्नुपर्ने हुन्छ ।

त्यस्तै, उपहार दावी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्नेछ । यस उपहार योजना भाद्र २८ देखि कार्तिक १४ गते सम्मको लागि मात्र लागू गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको