Like us!
Follow us!
Connect us!
Watch us!

'अस्ट्रेलिया पोस्ट कोभिड मिट अप' कार्यशाला सम्पन्न

अर्थ संसार

शनिबार, ११ मंसिर २०७८, ०८ : ५६ मा प्रकाशित

'अस्ट्रेलिया पोस्ट कोभिड मिट अप' कार्यशाला सम्पन्न

अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टरको आयोजना र नेप्लिज असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ (नायर) को व्यवस्थापनमा अब अस्ट्रेलियाको सिमा खुलेको परिप्रेक्षमा कसरी दीर्घकालीन रुपमा गुणात्मक सेवा प्रदान गरि विद्यार्थीहरुलाई सुविधा दिने भन्ने विषयमा अस्ट्रेलिया पोस्ट कोभिड मिट अप कार्यशाला सम्पन्न भएको छ । 

काठमाडौँको हात्तीसारमा सम्पन्न कार्यक्रममा अस्ट्रेलियाका युनिभर्सिटी र भेट कलेजका प्रतिनिधि, विभिन्न कन्सल्टेन्सी र कन्सल्टेन्सीहरु संबंधित सँस्थाका प्रतिनिधिको उत्साहजनक सहभागीता रहेको नायरका अध्यक्ष बिज्ञान श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै इ क्यानका अध्यक्ष प्रकाश पाण्डेले अबको समयमा लामो समयदेखी पर्खिएर बसेका विद्यार्थीलाई अझै सजग भएर परामर्श दिन आवस्यक रहेको बताए ।

नेपालको अस्ट्रेलिया सँगको सम्बन्ध शिक्षाका लागि मात्र नभएर ब्यापार, पर्यटन र सँस्कृती आदनप्रदानमा समेत जोड दिनु पर्ने नायरका पुर्व अध्यक्ष नारायण पहारीले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको