Like us!
Follow us!
Connect us!
Watch us!

ओमिक्रोन भेरियन्टः सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १० : ५८ मा प्रकाशित

ओमिक्रोन भेरियन्टः सम्पूर्ण सीमा बन्द गर्ने इजरायलको घोषणा

कोभिडको नयाँ भेरियन्ट फैलिरहेका बेला इजरायलले आफ्नो देश प्रवेश गर्ने सम्पूर्ण सीमा बन्द गर्ने घोषणा गरेको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल पहिलो देश हो । सरकारले दुई सातासम्म सीमा बन्द गर्ने प्रधानमन्त्री नाफताली बेन्नेटले बताए । 

सो अवधिसम्म कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध कोभिड खोपले काम गर्ने/नगर्ने बारेमा सुक्ष्म मूल्यांकन गर्ने सरकारले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको नयाँ भेरियन्टको सो भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ । 

‘नयाँ भेरियन्ट झन्डै सबै देश फैलिएको छ,’ गृहमन्त्री आयलेट शकेदले भने, ‘भाइरसविरुद्ध खोप कति हदसम्म प्रभावकारी हुन्छ भन्ने बारेमा मूल्यांकन आवश्यक छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको