Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अपडेटः बजारमा देखियो प्यानिक सेल, ५६ अंकले घट्यो नेप्से परिसुचक

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १२ : ३७ मा प्रकाशित

नेप्से अपडेटः बजारमा देखियो प्यानिक सेल, ५६ अंकले घट्यो नेप्से परिसुचक

आज साताको पहिलो कारोबार दिनमा नेपालको सेयर बजारमा प्यानिक सेल देखिएको छ । कारोबारको प्रारम्भ देखिनै ओरालो लागेको नेप्से परिसुचक बिचमा केहि सम्हालिन खोजेपनि बजारमा सेलर हावि हुँदा नेप्सेमा ५६ अंकभन्दा बढिको गिरावट आएको हो । 

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गत शुक्रबार सार्वजनिक गरेको थियो । मौद्रिक नीतिको समिक्षाले ४र१२ को नीतिमा भने कुनै हेरफेर भनएपछि आजको कारोबारमा केहि प्यानिक सेल देखिएको हो ।

आज यो समाचार तयार पार्दा सम्म नेप्से परिसूचक ५६.४७ अंकले घटेर २६७५.३२ को बिन्दुमा पुगेको छ । अहिले सम्ममा नेप्से परिसुुचक २.०७ प्रतिशतले घटेको छ । 

आजको कारोबारको प्रारम्भमा केहि प्यानिक सेल देखिए पनि अब राष्ट्र बैंकको ४ १२ को नीतिले बजारलाई धेरै नकारात्मक प्रभाव नपार्ने जानकारहरु बताउछन् । धेरैमा १ २ दिन प्रभाव देखिएला अन्यथा आजै कारोबारको दोस्रो हाफबाट नै बजारले सकारात्मक लय समात्ने उनिहरुको तर्क छ । 

61a32772630d6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको