Like us!
Follow us!
Connect us!
Watch us!

माैद्रिक नीतिकाे समिक्षापछि नेप्सेमा पहिराे, "प्यानिक सेलले बजार घट्याे छिट्टै लयमा फर्किन्छ"

नेप्से

आइतबार, १२ मंसिर २०७८, १४ : ५७ मा प्रकाशित

माैद्रिक नीतिकाे समिक्षापछि नेप्सेमा पहिराे, "प्यानिक सेलले बजार घट्याे छिट्टै लयमा फर्किन्छ"

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा पहिराे गएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियाे । त्यसैकाे असर सेयर बजारमा देखिएकाे हाे । 

आजको कारोबारमा आएको गिरावट लगानीकर्ताहरु त्रसित भएकाले आएको प्यानिक सेलका कारण आएको बताउँछन् लगानीकर्ता हेम जोशी । केहि दिनदेखि बजारमा सेयर कर्जामा लागेको सिमा मौद्रिक नीतिको समिक्षा मार्फत संसोधन हुँदैछ भन्ने हल्लाले लगानीकर्ताहरुले सेयर नबेची होल्ड गरेर राखेका थिए तर शुक्रबार जारी मौद्रिक नीतिको सहिलो समिक्षाले उक्त आंकाक्षा पुरा नभएपछि आज प्यानिक सेल देखियको उनको तर्क छ । 

अबको १-२ दिन बजारमा अझैँ केहि करेक्सन आउन सक्ला तर केहि दिन भित्रमै बजार बुलिस लयमा नै फर्कने उनको दावी छ । सिडी रेसियोमा केहि खुकुलो बनाइएको छ भने अबको केहि महिनामै नै देश स्थानिय र्निवाचनमा हुमिने अवस्था यसले पनि अहिले बजारमा देखियको तरलताको अभावलाई समाधान गर्ने नै छ यो गिरावट लगानीकर्ताहरुका लागि राम्रो खरिद अवसर बन्न सक्ने उनको तर्क छ । 

मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत् बैंकले सिडी रेसियोमा लचकता अपनाएकाे छ । सीडी रेसियो ९०% लाई यथावत गरिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा-निक्षेप अनुपात (Credit-Deposit Ratio) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ । यसाे गर्दा बैंकहरुले अगाडि नै योजना बनाउने र सोही अनुसार कर्जा प्रवाह र निक्षेप संकलन गर्नुपर्ने भएकाले अहिले जस्तो तरलता अभाव र सीडी रेसियो अधिक टाइट हुने अवस्था नआउने राष्ट्र बैंकले जनाएकाे छ । 

 मौद्रिक नीतिको समिक्षाले ४/१२ को नीतिमा भने कुनै हेरफेर गरेकाे छैन । समिक्षामा सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा सम्बन्धी नीतिमा केही परिमार्जन हुन्छ भन्ने लगानीकर्ताहरूकाे आश थियाे । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जामा कडाइ गर्‍यो। एउटा बैंकबाट ४ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गर्‍यो। ४ करोड बढी लिन चाहनेले अरू दुईवटा बैंकबाट ४/४ करोड गरी १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिमा राखिएकाे थियाे। याे नीतिलाई राष्ट्र बैंकले समिक्षामा पनि कुनै हेरफेर नगरी यथावत राखेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा झरेकाे छ । नेप्से २.९४ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १४.१९ अंकले घटेर ५०१.४५ विन्दुमा झरेको छ । 

कूल २३४ वटा कम्पनीकाे एक कराेड १९ लाख ३ हजार २ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

आइतबार म्युचुअल फण्डसहित जम्मा १० वटा कम्पनीकाे सेयरमूल्य बढेकाे छ । आज आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले बढेर ९ सय ३२ रूपैयाँ पुगेकाे छ । 

यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २९ कराेड ८१ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज हिमालयन पावर पार्टनरकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

याे पनि :

गत हप्ताको नेप्सेको प्राविधिक चिरफार, के देखियो र यस साता कस्तो रणनीति लिने ? Bimal Tiwari

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको