Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, ०६ : १३ मा प्रकाशित

नेप्सेमा ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आईएमइ बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३२ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको असोज २५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

61a41ed92763c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको