Like us!
Follow us!
Connect us!
Watch us!

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ०८ : ४२ मा प्रकाशित

ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको  विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने ‌‌‍आवश्यकता औल्याए । ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रैनजिक छ’ उनले भने । 

ओमिक्रोन भाइरस यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा देखिएको थियो । यो भेरियन्ट कोभिडको यसअधि खतरा मानिएको डेल्टा भेरियन्टभन्दा बढी जोखिम भएको डब्लूएचओले जनाउँदै अ‍ाएको छ । भेरियन्टबारे तत्कालै जानाकारी गराएको भन्दै दक्षिण अफ्रिकाको प्रश‌ंसा भएको छ । ‘ओमिक्रोनको म्युटेसन दर उच्च छ । तसर्थ महामारीबारे  विश्व समुदायले बेलैमा सचेत हुनुपर्छ,’ उनले भने । 

नयाँ भरियन्टको जोखिम, यसको संक्रमण क्षमता र खोपसँग यसले कस्तो प्रतिकृया जनाउँछ भन्ने बारेमा  विश्वभरका वैज्ञानिकहरुले अध्ययन गरिरहेका छन् । ‘हामीममध्ये धरैले कोभिडको प्रभाव घटेको लागे जस्तो भए पनि वास्तवमा झनै जोखिम बढेको छ,’ उनले भने ।  । तर, नयाँ भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु नभएको उनले जानाकारी  दिए । 

क्यानडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्स, भारत र हङकङमा नयाँ भेरियन्ट देखिएको छ । भेरियन्ट देखिएसँगै बेलायत, अमेरिका र युरोपेली युनियनका केही देशहरुले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन् । 

त्यस्तै, जापानले पनि मंगलबारदेखि छिमेकी मुलुकहरुसँगको सीमा बन्द गरेको जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको