Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलियामा कोभिड अस्पतालमा महिलाले लगाइन् आगो

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, १० : २१ मा प्रकाशित

अस्ट्रेलियामा कोभिड अस्पतालमा महिलाले लगाइन् आगो

अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक महिला पक्राउ परेकी  छन् । अस्ट्रेलियाको  क्विन्सल्यान्डस्थित एउाट होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अ‍ाफू बसेको होटलको बेडमा अ‍ागो लगाएको उनीमाथि अ‍ारोप लागेको छ । उनी अ‍ाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी  थिइन् । 

अ‍ागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर  निकालिएको  थियो । अ‍ागलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अ‍ागलागीको घटना सार्वजनिक भएको हो ।

अ‍ोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ  विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया,  जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ । 

कोभिड  नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगकाे  सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको  थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको