Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्याे सेन्सेटिभ परिसूचक बढ्याे : के बजार लयमा फर्किएकाे हो ?

नेप्से

मंगलबार, १४ मंसिर २०७८, १४ : ५७ मा प्रकाशित

नेप्से घट्याे सेन्सेटिभ परिसूचक बढ्याे : के बजार लयमा फर्किएकाे हो ?

 आज (मंगलबार) सेयर बजारमा सुधारकाे संकेत देखिएकाे छ । नेप्से परिसूचक झिनाे अंकले घट्दा सेन्सेटिभ परिसूचक भने झिनाे अंकले बढेकाे छ ।

यस साता यसअघि काराेबार भएकाे २ काराेबार दिनमा पहिलाे दिन नेप्से परिसूचक ८०.२९ अंकले र साेमबार नेप्से परिसूचक २१.५१ अंकले घटेकाे थियाे । आज पनि बजारमा झिनाे अंककाे मात्रै गिरावट देखियाे । नेप्सेकाे याे तथ्यांकले बजार लयमा फर्किन खाेजेकाे देखाउँछ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ विन्दुमा झरेकाे छ । नेप्से ०.०६ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक भने ०.१८ अंकले बढेर ४९५.६३ विन्दुमा झरेको छ । 

कूल २२५ वटा कम्पनीकाे ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ ।

आज २ कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सामलिङ्ग पावरकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय १९ रूपैयाँ ५० पैसा पुगेकाे छ । यस्तै, न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ ५० पैसा पुगेकाे छ ।

यस दिन आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १६ कराेड २ लाख ७६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ४.७७ प्रतिशतले घटेर एक हजार ६ सय १६ रूपैयाँमा झरेकाे छ । 

याे पनि :

गत हप्ताको नेप्सेको प्राविधिक चिरफार, के देखियो र यस साता कस्तो रणनीति लिने ? Bimal Tiwari

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको