Like us!
Follow us!
Connect us!
Watch us!

हामी नयाँ स्वरुपमा

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, २१ : २३ मा प्रकाशित

हामी नयाँ स्वरुपमा

अर्थ सम्बन्धी समाचार, सूचना र विचारको पूर्ण प्याकेज पस्किँदै आएको अर्थसंसार डटकमलाई हामीले आजदेखि नयाँ स्वरुपमा ल्याएका छौं । हाम्रा आदरणीय पाठकको चाहना अनुसार समाचार, विचार र स्वरुपलाई परिस्कृत गर्दै नयाँ खुराक पस्कन अर्थसंसार डटकमलाई नयाँ स्वरुपमा रुपान्तरण गरेका हौं ।

हामीले अर्थसंसार डटकमको स्वरुप मात्र परिवर्तन गरेका छैनौ, हामीले पस्किने समाचार र विचारमा समेत नयाँपन दिन हामी प्रतिवद्ध छौं । अर्थसंसार डटकमको यो कठिन यात्रामा यहाँसम्म आइपुग्न हाम्रा आम पाठक, समाचारका स्रोत, विज्ञापनदाता लगायतको साथ, सहयोग, सद्भाव, शुभेच्छाविना सम्भव थिएन् ।

हामीलाई आफ्नो यात्रामा निरन्तर अगाडि बढ्न सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दछौं । आर्थिक समाचार पस्कने क्रममा हामीले आफ्नो सामाजिक जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राहेका छौं । हामीले आवाज विहिनहरुको आवाजलाई आफ्नो समाचारमा स्थान दिने गरेका छौं । आर्थिक क्षेत्रका विकृति विसंगतिहरुलाई निर्भिक भएर सार्वजनिक गर्दै आएका छौं । कसैले आफ्नो कुरा राख्ने प्लेटफर्म नपाएमा हामी ती दविएका आवाजहरुलाई स्थान दिने गर्छौं ।

नयाँ स्वरुपमा आउँदा हामीलाई अझै जिम्मेवारी बोध भएको छ । नयाँ स्वरुप सँगै हामी पाठकहरुको बढ्दो रुचीलाई समेत सम्बोधन गर्ने छौं । अर्थ संसार डटकमलाई अझै परिस्कृत गर्न के गर्नु पर्ला ? हामी हाम्रा पाठक सुभचिन्तकसँग सधैं सुझावको आशा राख्दछौं । हाम्रा निरंतर लम्किरहने पाइलापाइलामा यहाँहरु सबैको थप साथ, सहयोग, शुभेच्छाको अपेक्षा गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको