Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, ०८ : ३३ मा प्रकाशित

अष्ट्रेलिया र जापानले लगाए अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध

अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जाेखिम बढेकाे भन्दै ती देशले अन्तराष्ट्रिय विद्यार्थीलाइ प्रवेशमा  राेक लगाएका हुन् । साे निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् ।

अस्ट्रेलियाले अ‍ाज १ डिसेम्बरदेखि लागू हुने गरी  विदेशी  विद्यार्थीमा प्रतिबन्ध लगाएकाे हाे । याे प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ । 

जापान सरकारले सोमबार देखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएकाे जनाएकाे छ । काेभिडकाे नयाँ भेरियन्ट देखिएपछि  यी दुबै देशले अफ्रिकी मुलुकसँगकाे हवाई यात्रामा राेक लगाएका  थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको