Like us!
Follow us!
Connect us!
Watch us!

१०३.४१ अंककाे गिरावटपछि नेप्सेमा हरियाली, "बजार लयमा फर्कियाे अब छिट्टै नयाँ रेकर्ड बन्छ"

नेप्से

बुधबार, १५ मंसिर २०७८, १४ : ५८ मा प्रकाशित

१०३.४१ अंककाे गिरावटपछि नेप्सेमा हरियाली, "बजार लयमा फर्कियाे अब छिट्टै नयाँ रेकर्ड बन्छ"

आज (बुधबार) सेयर बजारमा हरियाली देखिएकाे छ । गत बिहीबारदेखि लगातार घटिरहेकाे सेयर बजार बुधबार भने बढेर बन्द भएकाे हाे । यस अवधिमा नेप्से परिसूचक १०३.४१ अंकले घटेकाे थियाे । गत बिहीबार २७३१.७८ विन्दुमा बन्द भएकाे नेप्से परिसूचक (हिजाे) मंगलबारसम्म  आइपुग्दा १०३.४१ अंकले घटेर २६२८.३७ विन्दुमा झरेकाे थियाे ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियाे । मौद्रिक नीतिको समिक्षाले लगानीकर्ताले अपेक्षा गरेका ४/१२ को नीतिमा कुनै परिमार्जन गरेकाे थिएन । त्यसैकाे असर सेयर बजारमा देखिएकाे थियाे । 

बजार अहिलेसम्म घट्नु पर्ने जति घटिसकेकोले अब नयाँ उचाई हासिल गर्ने बताउँछन् लगानीकर्ता रोहित कार्की । "अब कति नकारात्मक आउने आउनुपर्ने जति त सबै आइनै सक्यो नि अहिले बजारमा देखिएको जुन तरलताको समस्या छ त्यो समाधानका लागि सरकारले अहिलेसम्म बैंकहरुले स्थानीय तहमा जाने कुल बजेटको ५० प्रतिशत मात्र निक्षेपका रुपमा गणना गर्ने गरेकोमा अब ७५ प्रतिशत रकम निक्षेपका रुपमा गणना गर्न पाउने ब्यवस्था मिलाउन लागेको छ यसले पनि तरलताको समस्या केहि हदसम्म समाधान हुन्छ" उनले भने ।

"अर्को कुरा भनेको ४/१२ को हो त्यो त अहिले बजारले पचाइपनि सक्यो अब छिट्टै निर्वाचनका कार्यक्रमहरु सुरु भएसँगै बजार १८० को गतिमा दौडिन्छ यो खरिद अवसर हो जसले उपयोग गर्यो जित्ने उसैले हो" उनले भने । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा पुगेकाे छ । नेप्से ०.२० प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले बढेर ४९६.७४ विन्दुमा पुगेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे ५३ लाख १० हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७ सय ४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेको छ ।

आज पनि २ कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सामलिङ्ग पावरकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ४ सय ६१ रूपैयाँ ४० पैसा पुगेकाे छ । यस्तै, न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ७५ रूपैयाँ ६० पैसा पुगेकाे छ ।

बुधबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १४ कराेड ५३ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आईसिएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.६२ प्रतिशतले घटेर ८ सय ४० रूपैयाँमा झरेकाे छ । 

याे पनि :

गत हप्ताको नेप्सेको प्राविधिक चिरफार, के देखियो र यस साता कस्तो रणनीति लिने ? Bimal Tiwari

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको