Like us!
Follow us!
Connect us!
Watch us!

फर्किन खोज्दै बजार, २६५० र २६०० का विन्दुहरू लगानीकर्ताका लागि विशेष

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १५ : ४६ मा प्रकाशित

फर्किन खोज्दै बजार, २६५० र २६०० का विन्दुहरू लगानीकर्ताका लागि विशेष

सेयर बजार आज बुधबार करिब ५ अंकले बढेर बन्द भयो ।  हिजो मंगलबार डोजी क्यान्डल  बनेर बन्द भएको बजार आज २६५० को विन्दुसम्म पुगेर बन्द हुने बेलामा  २६३३ को बिन्दुमा आइपुग्यो ।

आज नेप्सेको चार्ट प्याटर्नमा इन्भर्टेड ह्यामर क्यान्डल बनेको छ। इन्भर्टेड ह्यामर क्यान्डल यदि रेसिस्टेन्स एरियामा बनेमा त्यसले ट्रेन्ड रिभर्शल भई बजार घट्ने संकेत गर्दछ तर सपोर्ट एरियामा बनेको इन्भर्टेड ह्यामर क्यान्डलले खासै ठुलो अर्थ राख्दैन।  

आज बजारमा कारोबार रकम निकै कम देखिएको छ।  करिब २ अर्ब ७४ करोडको कारोबार रकम एभरेज कारोबार रकम भन्दा कम हो।  यसले बजारमा लगानीकर्ताहरु खासै सक्रिय नरहेको देखाउँछ।  

RSI इण्डिकेटर ३८.६ को विन्दुमा छ।  ४० भन्दा तलको RSI ले बजारमा खरिदकर्ताको स्ट्रेन्थ कमजोर रहेको संकेत गर्दछ।

अब लगानीकर्ताहरुले ध्यान दिनुपर्ने मुख्य विन्दुहरू भनेका २६०० र २६५० हुन्।  बजार २६०० भन्दा माथि नै रहँदासम्म बजारको माथितिरको यात्राको आशा गर्न सकिन्छ।  भोलिका दिनहरुमा यदि बजारले २६५० को विन्दुलाई क्रस गर्दै माथि गएको खण्डमा अर्को रेसिस्टेन्सको विन्दु २६९० तिर रहेको छ।  २६९० लाई राम्रो भोलुम सहित क्रस नगरेसम्म बजारमा ठुलो मुभ आउन सक्ने देखिँदैन भने २६०० को बलियो सपोर्टलाइ ब्रेक गर्दै बजार तलतिर लाग्न थालेको अवस्थामा बजार अझै तल सम्म जान सक्ने देखिन्छ।

  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको