Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले जित्यो एशियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १७ : ०९ मा प्रकाशित

एनएमबि बैंकले जित्यो एशियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड

एनएमबि बैंक लिमिटेड इतिहास रच्दै एशियाकै उत्कृष्ट बैंक बनेकाे छ ।  बैंकले ‘बैंक अफ दि इयर एशिया २०२१’अवार्ड प्राप्त गरेसँगै बैंक एशियाकै उत्कृष्ट बैंक बन्न सफल भएकाे हाे ।

बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो । याे अवार्ड प्राप्त गर्ने एनएमबी बैंक नेपालको पहिलो बैंक हो ।

यस अवार्डको प्रतिष्पर्धामा एशियाका ४८ वटा देशका बैंकहरु सहभागी भएका थिए । ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबि बैंकले याे अवार्ड जितेकाे हाे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको