Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट, काराेबारमा महालक्ष्मी विकास बैंक अब्बल

नेप्से

विहीबार, १६ मंसिर २०७८, १४ : ५९ मा प्रकाशित

सेयर बजारमा भारी गिरावट, काराेबारमा महालक्ष्मी विकास बैंक अब्बल

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह ओरालाे लागेका छन् । काराेबार रकम भने बुधबारकाे तुलनामा बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४९.०३ अंकले घटेर २५८४.६२ विन्दुमा झरेकाे छ । नेप्से १.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.९८ अंकले घटेर ४८६.७६ विन्दुमा झरेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ७९ लाख ३२ हजार ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार एक सय २६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह घटेकाे छ ।

बिहीबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १२ कराेड ४३ लाख ३९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि २ कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । सामलिङ्ग पावरकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ७ रूपैयाँ ५० पैसा पुगेकाे छ । यस्तै, न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय १३ रूपैयाँ १० पैसा पुगेकाे छ ।

यस दिन कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंककाे सेयरमूल्य ६.८० प्रतिशतले घटेर ९ सय १३ रूपैयाँ ४० पैसामा झरेकाे छ । 

61a8923eb39a8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको