Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, ०९ : ५७ मा प्रकाशित

भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन

भारतमा अर्काे एक जनामा पनि काेभिडकाे ओमिक्राेन भेरियन्ट देखिएकाे छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्राेन देखिएकाे हाे । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्राेन भाईरसबाट संक्रमित हुनेकाे संख्या चार जना पुगेकाे छ ।

पेसाले समुद्री इन्जियर ती व्यक्तिले काेभिडकाे दुबै खाेप लगाएका थिए । मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वराे देखिएकाे थियाे । उनकाे मुम्बईस्थित काेभिड केयर सेन्टरमा उपचार भइरहेकाे छ । 

उनकाे सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुकाे पनि काेभिड परीक्षण गरिएकाे छ। उनीहरु सबैकाे नेगेटिभ रिपाेर्ट आएकाे प्राप्त समाचारमा जनाइएकाे छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्राेन भेरयन्ट देखिएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको