Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १३ : ३६ मा प्रकाशित

विश्व बैंकको लगानीमा लुम्बिनी र प्रदेश २ मा अक्सिजन प्लान्ट

विश्व बैंकको सहुलियत ऋण लगानीमा लुम्बिनी र प्रदेश २ को प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । कोभिड-१९ विरुद्ध लड्नका लागि बैंकको सहुलियत ऋण दिएको थियो । उक्त ऋणबाट लम्बिनी र जनकपुर प्रादेशिक अस्पतालमा प्लान्ट स्थापना भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्षेत्रीय प्रमुख डा. मदन कुमार उपाध्याय र विश्व बैंक नेपाल, श्रीलंका तथा माल्दिभ्सका राष्ट्रिय निर्देशक फासिर हदाद जर्भोसले आइतबार संयुक्त रुपमा प्लान्टको उद्घाटन गरे । 

बैंकको ऋण लगानीमा सञ्चालित ‘कोभिड-१९ आपतकालीन उद्धार तथा स्वास्थ्य प्रणाली तयारी परियोजना’ कार्यक्रम अन्तर्गत आगामी २० डिसेम्बरभित्र प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अक्सिजन प्लान्ट स्थापना हुने बैंकले जनाएको छ ।

तीन वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसमेत यसै परियोजना अन्तर्गत हुनेछ । गत भदौमा सरकार र विश्व बैंकबीच विद्यालय र स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाललाई करिब ६ अर्ब ऋण लगानी गर्ने सम्झौता भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको