Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा भारी गिरावट, किन निरन्तर घट्दैछ बजार ?

नेप्से

आइतबार, १९ मंसिर २०७८, १५ : ०० मा प्रकाशित

नेप्सेमा भारी गिरावट, किन निरन्तर घट्दैछ बजार ?

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार भएका १३ वटै उपसमूह ओरालाे लागेका छन् । 

अधिकांश लगानीकर्ताहरुको अपेक्षा विपरित राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा जारी गरेकाले बजारमा करेक्सन आएको कतिपयको तर्क छ । लगानीकर्ताहरु अलि बढी प्यानिक बन्दा बजारमा सोचेको भन्दा पनि बढी करेक्सन आएको पनि विश्लेषकहरू बताउँछन् । अहिले बजारमा देखिएको तरलता र मौद्रिक नीतिको समिक्षाका कारण लगानीकर्ताहरुको मनोविज्ञानमा पारेको प्रभावका कारण बजारमा करेक्सन आएको विश्लेषकहरू बताउँछन् । अहिलेको बजारलाई आम लगानीकर्ताहरुले साइडवेजका रुपमा बुझ्नुपर्ने विश्लेषकहरूले बताएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७२.३० अंकले घटेर २५१३.८८ विन्दुमा झरेकाे छ । नेप्से २.८० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा झरेकाे छ । 

कूल २२६ वटा कम्पनीकाे ८९ लाख २० हजार ८ सय ९४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

आइतबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २८ कराेड ६२ लाख ८४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५४ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यस दिन आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडकाे लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सकाे सेयरमूल्य ८.३२ प्रतिशतले घटेर ७ सय ४८ रूपैयाँ १० पैसामा झरेकाे छ । 

याे पनि :

हरेक लगानीकर्ताको एउटै प्रश्न के बजार बेयरिस गएको हो ? Technical Mantra with Jay Shambho | Ajay Singh

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको