Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार छलेर ल्याएकाे १८ लाखको अवैध सामान बरामद

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १५ : ५६ मा प्रकाशित

भन्सार छलेर ल्याएकाे १८ लाखको अवैध सामान बरामद

रुपन्देही प्रहरीले १८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याएको अवैध सामान (जुत्ता)सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।

सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट चलाएकाे लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जीप बुटवलमा चेकजाँच गर्दा २५ कार्टुन अर्थात सात सय ५० जोर जुत्ता फेला पारेको हो । बरामद सामानको मूल्य करिब १८ लाख रहेको र चालक, जीपसहित बरामद सामानलाई आवश्यक कारवाहीका लागि बेलहिया भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

यसैबीच, प्रहरीले लागूऔषसहित एकजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका-७ दीपनगर बस्ने सुनिल गौचनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

गौचनको घरमा खानतलासी गर्दा प्रहरीले कोठाभित्र रहेको स्टिलको दराजमा राखिएको सेरीज्याक १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनरागन १३ एम्पुल, सिरिन्ज १२ थान र विभिन्न किसिमका मोबाइल फाेन तीन थान बरामद गरेको हो ।

पक्राउ परेका गौचनमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको